Company Logo
२५ फागुन २०८२, सोमवार Line
Dhakatopi News

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा निर्धारित भएको छ ।





युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।





यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय रुपैयाँ ३४ पैसा तोकिएको छ ।

त्यस्तै,जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

  ७ पुष २०८१, आइतवार

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दै छ । जसअनुसार,आज अर्थ, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छन् । बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफललाई निरन्तरता दिनुका साथै विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ ।





कानून, न्याय तथा मानव अधिकार समितिको बैठकपनि बिहान साढे १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।





यस्तै,बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिङ्गी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठकको समय तोकिएको छैन् । बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग दफावार छलफल गर्ने कार्यसूची छ ।



  ७ पुष २०८१, आइतवार

रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । आइतकार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रविविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।





रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ । हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई,



रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतवार अभियोग दर्ताको तयारी छ ।




  ७ पुष २०८१, आइतवार

Kaluram Tamang’s Hobby Sparks a New Era in Oriental Cultural History

Kathmandu. In a tranquil corner of Baiteshwor-6, Dolakha, a unique cultural treasure has emerged, combining passion, dedication, and a deep love for history. The Tamang Museum, founded by local businessman Kaluram Jimba Tamang of Namduka, is a groundbreaking effort to preserve and showcase the rich heritage of Tamang community and other oriental cultures. What began as a personal hobby has grown into a cultural beacon, offering a window into the past for visitors and scholars alike. 

 A Vision Beyond Business

 Tamang, a businessman with a diverse educational background—having studied in Nepal, Singapore, and the UK—initially envisioned a career in art. However, due to challenges with English proficiency and limited funds, he was unable to pursue professional art full-time. Undeterred, Tamang transformed his passion for history and culture into something much bigger. “I could not become a professional artist due to language barriers and financial constraints at the start of my career,” says Tamang, a member of Danfe Consulting Migration and Travel Company Pvt. Ltd, Kathmandu. “But I have always had a deep interest in our history, and I decided to pursue it as hobby, something I could build and share.”

 His dream materialized in the form of the Tamang Mini Museum, which features a wide range of artifacts, from traditional Tamang costumes and jewelry to historical tools and manuscripts. Each exhibit tells a story of bygone era, offering a glimpse into the lifestyle and costumes of the Tamang people and other neighboring cultures.



Tamang, Founder of the Mini Tamang Museum, Explains Oriental Cultural Values

Photo: Courtesy of Tamang

A Cultural Hub in Dolakha

The museum, though compact, is a vibrant space. It serves not only as a repository of history but also as a platform for local and international visitors to engage with Nepal’s diverse cultural heritage. “The museum is not just about preserving objects; it is about sharing stories and fostering a deeper understanding of who we are as a people,” opines Tamang.

While the museum primarily focuses on Tamang culture, it also displays artifacts from other ethnic groups in the region, reflecting the interconnectedness of Nepal’s diverse communities. Visitors can explore rare and beautifully crafted items such as traditional garments, religious symbols, and household items that have been passed down through generations.

A Future for Cultural Preservation

Tamang’s vision for the museum extends beyond simply exhibiting artifacts. He hopes to inspire others to take an active role in preserving Nepal’s rich cultural history. As the museum continues to grow, Tamang plans to expand its collection and offer educational programs, workshops, and cultural exchange opportunities.

“We live in a rapidly changing world, but our culture is timeless. It is essential that we do everything we can to preserve it for future generations,” views Tamang. His efforts are slowly gaining recognition, drawing attention from cultural enthusiasts, academics, and travelers alike.

The Tamang Mini Museum represents more than just a personal achievement—it is a step toward a broader movement to protect and celebrate Nepal’s cultural heritage in an era where globalization threatens to overshadow traditional ways of life.

Untold Stories in Strokes: Artworks by Tamang Unveil Cultural Depths

Images: Courtesy of Tamang, Saatchi Art

Visit the Tamang Mini Museum

For those interested in experiencing and exploring this unique cultural space, the Tamang Mini Museum is located in Baiteshwor-6, Dolakha. This small but significant museum is an example of how passion can turn into something transformative, bridging the gap between history, culture, myths, and future generations.

  ७ पुष २०८१, आइतवार

दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन् ।

नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन् । यसको साथै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन् । एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।

एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थताले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गर्नुको साथै २ लाख रुपैयाँ जितेका छन् । 

२०४ भन्दा माथिको स्ट्राइरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम जिते बेस्ट ब्याटर बने भने उनले दुई लाख रुपैंयाँ नगद पाएका छन् । 

१६ वर्षका कर्णाली याक्सका विपिन शर्माले उदीयमान खेलाडी घोषित भएका छन् । उनले कर्णालीलाई प्लेअफमा पु¥याउन १३ विकेट लिएका थिए । ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरेका छन् । 

यसको साथै, जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले यो लिग जित्न पाउदा एकदमै खुसी लागेको बताएका छन् । उनले भने, ‘मेरो लागि यो जित हासिल गर्न पाउँदा एकदमै उत्साहित छु ।’ 

सोही क्रममा बोल्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले खेलमा हार जित भइरहने र अर्को पटक राम्रो गर्ने प्रयास रहने बताए ।

  ७ पुष २०८१, आइतवार

एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई, सुदूरपश्चिम ५ विकेटले पराजित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधी जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै जितेको छ । शनिवार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिममाथि ५ विकेटको जित हात पारेको हो । ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा पहिलो संस्करणको जितसँगै च्याम्पियन जनकपुरले ट्रफी सहित नगद रु १ करोड १० लाख प्राप्त गरेको छ । पराजित हुँदै उपविजेतामा सिमित बनेको सुदूरपश्चिमले नगद रु ५१ लाख प्राप्त गरेको छ । सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लाहिरु मिलन्थाले सर्वाधिक ८७ रन जोडे । उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।






लिगको दोस्रो अर्धशतक ३१ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा मिलन्थाले जीवनदान पाएका थिए । उनलाई कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नै बलमा क्याच छोडेका थिए । त्यस समयमा मिलन्थाले ६५ रन बनाएका थिए । मिलन्थाले दुई वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगमा विराटनगर किंग्सलाई फाइनलमा पराजित गर्दा सर्वाधिक ४१ रन जोडेका थिए ।
पहिलो विकेटका लागि मिलन्था र आसिफ शेखले ४२ बलमा ७३ रनको साझेदारी गरे । आसिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे । आसिफ सेफ अलि जेबको बलमा ब्राण्डन मक्मुलनबाट समातिए । हर्ष ठाकरले बलमा चौका र छक्काको सहयोगमा नट आउट रन जोडे । मोहम्मद मोहसिन ८ बलमा ९ रन बनाउँदै इशान पाण्डेको बलमा बोल्ड भए ।



जेम्स निशम ४ जोड्दै कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड आउट भए । सुदूरपश्चिमका लागि स्कट कुग्गेलेइन, सेफ अलि जेब र इशान पाण्डेले समान १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।


लिगमा दोस्रो अर्धशतक जेबले ३३ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा जेबले जीवनदान पाएका थिए । किशोर महतोको बलमा जेबको क्याच शेर मल्लले ड्रप गरेका थिए । त्यस समयमा जेबले ३९ बलमा ६४ रन जोडेका थिए । त्यसै ओभरको अनितम बलमा जेब बाउन्ड्रि नजिकै ललितनारायण राजवंशीबाट समातिए ।
पहिलो विकेटका लागि जैबले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर ७२ बलमा १ सय १७ रनको महत्वपुर्ण साझेदारी गरे । जैब आउट भएको अर्को ओभरमा विनोद पनि आउट भए । विनोद ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोड्दै आउट भए ।



हर्मित सिंह ८ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै आउट भए । उनी मोहम्मद मोहसिनको बलमा हेमन्त धामीबाट समातिए । ब्रेण्डन मक्मुलन १२ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै जेम्स निशमको बलमा बोल्ड आउट भए । १ सय १७ रन बनाउँदा कुनै विकेट नगुमाएको सुदूरपश्चिमले त्यसपछि निरन्तर विकेट गुमायो । उसले पछिल्लो ९ विकेट गुमाउँदा ६७ रन मात्र जोड्न सक्यो ।
कप्तान दीपेन्द्रसिंह ऐरी ९, आरिफ शेख १ तथा स्कट कुग्गेलेइन ८ रनमा आउट भए । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललितनारायण राजवंशी र जेम्स निशमले समान १ विकेट लिए ।
यस संस्करणमा यसअघि जनकपुर र सुदूरपश्चिमबीच दुई पटक भेट भएको थियो । दुवै खेलमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो ।
पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधैं फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो । दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।
एनपिएलमा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

  ७ पुष २०८१, आइतवार

चुनावको समयमा रिपोर्टिङ उत्साहजनक भए पनि परिणाम चिन्ताजनक छ

काठमाडौँ । नेकपा एमालेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला च्यासलमा सुरु भएको छ । केन्द्रीय संगठन विभागद्वारा आयोजित दुई दिने कार्यशाल सुरु भएको हो ।

विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा जारी कार्यशालामा महासचिव शंकर पोखरेलले वार्षिक वाक्ययोजनाबारे दिशानिर्देश गरेका छन् ।


दिशानिर्देश गर्दै पोखरेलले चुनावका समयमा जुन प्रकारको रिपोर्टिङ गरिन्छ त्यो आजको परिणामका बीचमा कुनै एकता नभएको बताएका छन् । उनले चुनावको समयमा रिपोर्टिङ उत्साहित भए पनि परिणाम त्यो भन्दा भिन्न आएको बताएका हुन् ।

उनले भने, ‘विगतमा गठबन्धनसँग लडेको पार्टीले प्राप्त गरेको सफलता र अलग अलग लड्दाखेरी प्राप्त गर्नुपर्ने सफलताको सन्दर्भको कुरा गर्दा खेरी आज हामीले जे परिणाम प्राप्त गरेका छौं त्यो अत्यन्त चिन्ताजनक छ । त्यस माथि प्रदेशका हिसाबले हेर्ने हो भने पनि एक प्रकारले मतहरूको स्थिति हेर्ने हो भने पनि विगतका वर्षहरूमा गठबन्धन हुँदाखेरी उनीहरूले छोडेको सिटलाई समेत समायोजन गरिकन मत विश्लेषण गर्न सकिन्छ । तर चुनावका बेला साथिहरूले जुन प्रकारको रिपोर्टिङ गर्नुभएको थियो त्यो उत्साहजनक थियो भने मत परिणाममा त्यो भन्दा भिन्न छ ।’



साथै, उनले देशलाई समृद्धिका आधारमा अगाडि बढाउने हो भने पनि त्यो जनता सामु राम्रो सन्देश पुग्न नसकेको बताए । उनले देशलाई समृद्धिका आधारमा अगाडि बढाउनका लागि साना साना राजनीतिक दलहरू नभएर बलियो राजनीतिक दलहरू मिल्नुपर्ने बताए ।

  ३ पुष २०८१, बुधवार

‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको २४ घण्टाभित्रै ट्रेन्डिङको दुई नम्बरमा

काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर दर्शकले रुचाएका छन् । ट्रेलरले दर्शकबाट लोभलाग्दो माया पाइरहेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । ट्रेलर मुभी सेक्सनको दुई नम्बरमा छ ।

एक नम्बरमा सलमान खानको सिकन्दरको टिजर छ । ‘कार्साङ’को ट्रेलरमा दर्शकको आकर्षण देखिएको छ । वर्षकै राम्रो ट्रेलर भन्दै सिनेमाले पनि त्यस्तै सफलता पाउने प्रतिक्रिया युट्युबमा आइरहेको छ ।

दया र जितुको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने बताइरहेका छन् ।

ट्रेलरले पाएको यो माया चलचित्रले पनि पाउने अपेक्षा चलचित्र निर्माणपक्षको छ । ‘यही तहको माया हामीले सिनेमा हलमा दर्शकबाट पनि अपेक्षा गरेका छौँ, निर्देशक यम शेर्पाले भने, ‘दर्शकले देखाउनु भएको यो माया र अपेक्षा पूरा हुनेगरी हामीले चलचित्र बनाएका छौँ ।’

चलचित्र ‘कार्साङ’को ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन, समाजले गर्ने बहिष्कार, रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाएको छ ।

अन्धविश्वास, परिवारको माया, अरूको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा ट्रेलरमा देख्न सकिन्छ ।

पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् । चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यद्यपि, सबैले सिनेमा रिलेट गर्ने निर्देशकको भनाइ छ ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

  २२ पुष २०८१, सोमवार

दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ पुन सञ्चालनमा

हेटौँडा । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्दारपछि खुल्ला गरिएको छ । हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमवारबाट नागरिकका लागि खुला गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सुरुङमार्गको उद्घाटन गर्दै सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले २०७८ बैशाख १९ मा काठमाडौँको माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडसँग सुरुङमार्ग जीर्णोद्धारको सम्झौता गरी काम सुरु गरेको थियो । प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङमार्गको जीर्णोद्धार गरेको हो । सुरुङमार्ग २२५ मिटर लामो सुरुङको चौडाइ २.५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ ।

२०८० असोज २२ मा सम्पन्न आयोजनाको निर्माण सम्पन्न भएको सुरुङमार्ग एक वर्ष सञ्चालनमा ल्याइएको हो । सुरुङमार्ग सञ्चालनको ढाँचा र कार्यविधि तयार नभएकाले एक वर्षदेखि बन्द गरेर राखिएको थियो । हेटौँडा उपमहानगरपालिकाले तयार गरेको कार्यविधि अनुसार सुरुङमार्ग अवलोकन गर्न नेपालीका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ भने विदेशीलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । नेपालका प्रथम ग्य्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ बीच भागमा भासिएको थियो । जीर्णोद्धारपछि सुरुङमार्ग उद्घाटन समारोहमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री, प्रदेश सभा सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

  २२ पुष २०८१, सोमवार