७ पुष २०८१, आइतवार | 33 पटक पढिएको
एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई, सुदूरपश्चिम ५ विकेटले पराजित
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)
को उपाधी जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै जितेको छ ।
शनिवार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिममाथि ५ विकेटको जित हात
पारेको हो । ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा पहिलो संस्करणको
जितसँगै च्याम्पियन जनकपुरले ट्रफी सहित नगद रु १ करोड १० लाख प्राप्त
गरेको छ । पराजित
हुँदै उपविजेतामा सिमित बनेको सुदूरपश्चिमले नगद रु ५१ लाख प्राप्त गरेको छ
। सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट
गुमाएर पूरा गर्यो । जनकपुरका लाहिरु मिलन्थाले सर्वाधिक ८७ रन जोडे । उनले
४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।


लिगको
दोस्रो अर्धशतक ३१ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा मिलन्थाले
जीवनदान पाएका थिए । उनलाई कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नै बलमा क्याच
छोडेका थिए । त्यस समयमा मिलन्थाले ६५ रन बनाएका थिए । मिलन्थाले दुई वर्ष
अघि भएको नेपाल टि ट्वान्टी लिगमा विराटनगर किंग्सलाई फाइनलमा पराजित गर्दा
सर्वाधिक ४१ रन जोडेका थिए ।
पहिलो विकेटका लागि मिलन्था र आसिफ शेखले
४२ बलमा ७३ रनको साझेदारी गरे । आसिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा
३३ रन जोडे । आसिफ सेफ अलि जेबको बलमा ब्राण्डन मक्मुलनबाट समातिए । हर्ष
ठाकरले बलमा चौका र छक्काको सहयोगमा नट आउट रन जोडे । मोहम्मद मोहसिन ८
बलमा ९ रन बनाउँदै इशान पाण्डेको बलमा बोल्ड भए ।

जेम्स
निशम ४ जोड्दै कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड आउट भए ।
सुदूरपश्चिमका लागि स्कट कुग्गेलेइन, सेफ अलि जेब र इशान पाण्डेले समान १
विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले
ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४
रनको बलियो योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि सेफ अलि जेबले
सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।

लिगमा
दोस्रो अर्धशतक जेबले ३३ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा जेबले
जीवनदान पाएका थिए । किशोर महतोको बलमा जेबको क्याच शेर मल्लले ड्रप गरेका
थिए । त्यस समयमा जेबले ३९ बलमा ६४ रन जोडेका थिए । त्यसै ओभरको अनितम बलमा
जेब बाउन्ड्रि नजिकै ललितनारायण राजवंशीबाट समातिए ।
पहिलो विकेटका
लागि जैबले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर ७२ बलमा १ सय १७ रनको
महत्वपुर्ण साझेदारी गरे । जैब आउट भएको अर्को ओभरमा विनोद पनि आउट भए ।
विनोद ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोड्दै आउट भए ।

हर्मित
सिंह ८ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै आउट भए । उनी मोहम्मद
मोहसिनको बलमा हेमन्त धामीबाट समातिए । ब्रेण्डन मक्मुलन १२ बलमा १ छक्काको
सहयोगमा १४ रन बनाउँदै जेम्स निशमको बलमा बोल्ड आउट भए । १ सय १७ रन
बनाउँदा कुनै विकेट नगुमाएको सुदूरपश्चिमले त्यसपछि निरन्तर विकेट गुमायो ।
उसले पछिल्लो ९ विकेट गुमाउँदा ६७ रन मात्र जोड्न सक्यो ।
कप्तान
दीपेन्द्रसिंह ऐरी ९, आरिफ शेख १ तथा स्कट कुग्गेलेइन ८ रनमा आउट भए ।
जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललितनारायण राजवंशी र
जेम्स निशमले समान १ विकेट लिए ।
यस संस्करणमा यसअघि जनकपुर र सुदूरपश्चिमबीच दुई पटक भेट भएको थियो । दुवै खेलमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो ।
पहिलो
क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधैं फाइनल यात्रा तय गरेको थियो ।
जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो । दोस्रो
क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन
जित हात पारेको थियो ।
एनपिएलमा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।